तिनै तहको नतिजा वैशाखभित्रै प्रकाशन गर्ने आयोगको तयारी



काठमाडौं । शिक्षक सेवा आयोगले गत चैतमा लिएको माध्यमिक, निम्म माध्यमिक र प्राथमिक तहको खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको नतिजा यहि वैशाख महिनाभित्रै प्रकाशन गर्ने भएको छ ।

आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले वैशाख महिनाभित्रै नतिजा प्रकाशन गर्ने गरी तयारी थालिएको जानकारी दिएका हुन् । ‘यहि वैशाख महिनाभित्रै सबै तहकाे नजिता प्रकाशन गर्नेगरी तीव्र रूपमा काम गरिरहेका छौं,’ मरहठ्ठाले भने ।

प्रकाशित मिति : २०७९ बैशाख ७ गते बुधवार