मावि तहको अध्यापन अनुमतिपत्रको विज्ञापन खुल्यो, यसरी दिनुहोस् आवेदन



काठमाडौं । शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन खोलेको छ । बुधबार गोरखापत्रमा सुचना प्रकाशित गरि आयोगले विज्ञापन खुलेको जानकारी दिएको हो ।

आयोगको अनुसार २०७९ बैशाख २९ गतेसम्म सिंगल दस्तुरमा र जेठ ५ गतेसम्म अबिलम्ब (दोब्बर) शुल्कमा परीक्षा आवेदन फाराम भर्नु सकिने जनाएको छ । साथै असार १८ परीक्षा सञ्चालन गर्ने भएको छ ।

त्यसैगरी परीक्षा आवेदन फारम म्यानुअल नभई अनलाइनबाटै भर्ने व्यावस्था गरेको जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ३० गते बुधवार