प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) लाई स्थायी गरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच सोमबार भएको ५१ बुँदे सहमतिमा यस्तो तयारी अघि बढेको हो ।
मन्त्रालय र महासंघबीच भएको सहमतिको बुँदा नंं.१८ मा इसीडी शिक्षक कोटालाई स्वीकृत दरबन्दीमा परिणत गरी महासंघसँग भएको सम्झौता बमोजिम शिक्षक सेवा आयोग मार्फत् उमेर हद नलाग्ने गरी आन्तरिक तथा खुला प्रतिस्पर्धाबाट स्थायी गर्ने उल्लेख छ ।
शिक्षा मन्त्रालयले उक्त सम्झौता पत्रमा २०७५/११/९ सम्झौताको बुँदा नं ८ मा उल्लेख भएअनुसार स्वीकृत दरबन्दीमा परिणत गरी ती दरबन्दीमा कार्यरत शिक्षकलाई शिक्षक सेवा आयोगबाट आन्तरिक/खुला प्रतियोगिता मार्फत् स्थायी गर्दा उमेर हद नलाग्ने गरी कानुनी व्यवस्था गर्ने जनाएको छ ।
प्रकाशित मिति : २०७८ फाल्गुन १४ गते शनिवार





