नेप्सेको सीईओमा कृष्णबहादुर कार्की नियुक्त



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् । गत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले पाल्पा स्थायी घर भएका कार्कीलाई नेप्सेको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

हाल कार्की बुढीगण्डकी जलविद्युत आयोजना वातावरण, मुआब्जा, पुनर्वास तथा पुनस्र्थापना इकाईका प्रमुख रहेका छन् । नेप्सेको सीईओमा नियुक्त भएपछि कार्कीले उक्त आयोजनाबाट राजीनामा दिने जनाएका छन् ।

यसअघि छनोट समितिले कृष्ण बहादुर कार्की, रमेश भण्डारी र केशव श्रेष्ठ तीन जनाको नाम संक्षिप्त सूची ९सर्टलिस्ट० गरेर मन्त्रिपरिषद्मा पठाएको थियो । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा तत्कालीन सीईओ चन्द्रसिंह साउद मुछिएपछि पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : २०७८ माघ २० गते बिहिवार