शिक्षक सेवा आयोग: परीक्षा फाराम भर्न तोकियो उमेर



काठमाडाैं । शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि १३ हजारभन्दा बढी शिक्षक माग गर्दै विज्ञापन खुलाएको छ । आगामी माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा दरखास्त बुझाउन सकिने छ । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन फारम भर्न पाउँछन् ।

त्यसपछि माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । यसअघि आयोगले मावि र निमावि शिक्षक पनि माग गर्दै आवेदन खुला गरेको थियो ।

प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार