दाेहा । कतारमा जारी अरब कपमा आज सेमिफाइनलका दुई खेल हुनेछन् । अल थुमामा रंगशालामा राति १० बजे हुने खेलमा कतारले आज अल्जेरियाकाे सामना गर्नेछ । माेराेक्काेलाइ पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको अल्जेरिया र युएईलाई पराजित गर्दै सेमिफाइनलकाे यात्रा तय गरेको कतारबीचकाे खेल निकै चासोका साथ हेरिएकाे छ । घरेलुु मैदानमा हुने खेलमा कतारकाे प्रदर्शन कस्तो रहला भन्ने उत्सुकता यतिबेला कतारी खेलप्रेमीकाे मनमा छ ।
यस्तै,आज स्टेडियम ९७४ मा बेलुकी ६ बजे टुंनिसिया र इजिप्टबीच सेमिफाइनल खेल हुनेछ । ओमनलाई हराउँदै टुंनिसिया र जाेर्डनलाई हराउँदै इजिप्ट सेमिफाइनलमा पुगेका हुन् । यसअघि पनि कतार र अल्जेरियाबीच २०१५ मा खेल भएको थियोे । त्यसयता एकअर्काको प्रहार नखेपेका यी दुई टाेलि आज सेमिफाइनलमा भिड्दैछन ।
कतार सुपर लिगमा खेल्ने प्राय खेलाडी समेटिएको अल्जेरियाकाे टिम र कतारी टिमले एकअर्कालाई राम्रोसँग बुझेका छन । तसर्थ आजको खेल अर्थपूर्ण हुनेछ । फिफा वरियतामा ३२ नम्बरमा रहेको अल्जेरिया अफ्रिकन च्याम्पियन राष्ट्र हाे भने ५१ नम्बरमा रहेको कतार एसियन च्याम्पियन राष्ट्र हाे ।





