यी हुन् इसिडी शिक्षक, कर्मचारीको तलब १५ हजारभन्दा बढी दिने स्थानीय तह



ecd

काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी), विद्यालय सहयोगी कर्मचारी र लेखापालको तलब भत्ता वृद्धि गर्दै साढे २१ हजारसम्म पुर्‍याएको छ । भौगोलिक हिसाबले रामेछाप जिल्लाकै सबैभन्दा ठूलो गाउपालिका गाउँपालिका भित्र ४६ वटा विद्यालय, २६ वटा विद्यालयमा आधारित बाल विकास केन्द्र र २ वटा सामुदायमा आधारित बाल विकास केन्द्र गरि जम्मा २८ वटा बाल विकास केन्द्र, १ क्याम्पस, १ विशेष शिक्षा, ५ वटा सामुदायिक सिकाई केन्द्र रहेको छ।

यस गाउँपालिकामा जम्मा शिक्षक दरबन्दी प्रारम्भिक बाल विकास केन्द्रमा २७ जना रहेका छन। त्यसैगरी यस गाउपालिकामा आधारभूत तह (१–५)मा १०८, आधारभूत तह (६–८)मा ३०,माध्यमिक तह (९–१०)मा १६ र माध्यमिक तह (११–१२) मा ६ वटा दरबन्दी रहेको छ । हाल जम्मा ४३५६ जना विद्यार्थीहरु अध्ययनर्त रहेका छन्।

एक विद्यालय एक बालविकास केन्द्रको अवधारण अनुरुप १० वटा बालविकास केन्द्र स्थापन गरी जनशक्तिको व्यवस्थापन गरिएको छ। विद्यालयमा कार्यरत् तहगत र विषयगत शिक्षकको दरबन्दी संङ्ख्या यकिन गरी शिक्षक दरबन्दी कम भएको विद्यालयमा गाउँपालिकाले प्रारम्भिक बाल विकास सहजकर्ता १० जना, आधारभूत तह ९१–५०मा १२ जना, आधारभूत तह ९६–८०मा ९ जना, माध्यमिक तह (९–१०)मा ८ जना स्वयंसेवक शिक्षकको व्यवस्था गरिएको छ ।

यस अघि (प्रारम्भिक बालविकास सहजकर्ता ९इसीडी शिक्षक० र विद्यालय कर्मचारी ९परिचर र लेखापाल० ले न्युनतम पारिश्रमिक पाएका छन् । अधिकांश स्थानीय तहले पारिश्रमिक नदिएका कारण आन्दोरत रहेका शिक्षक र विद्यालय कर्मचारीलाई केही स्थानीय तहले मासिक पारिश्रमिक दिएका छन् ।

म्याग्दीको रघुगङ्गा गाउँपालिकाले मासिक रूपमा पारिश्रमिक दिएको छ । संघीय सरकारले उपलब्ध गराएको ८ हजार रूपैयाँमा सात हजार थप गरी इसीडी शिक्षक, परिचरको तलब १५ हजार पुर्याइएको र लेखापालको १६ हजार पुर्याइएको शिक्षा अधिकृत अमृत सुवेदीले वेबटिभी खबरलाई जानकारी दिए । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले पनि शिक्षकलाई पारिश्रमिक दिएको छ ।

त्यसैगरी कालीकोटको रास्कोट नगरपालिकाले इसीडी शिक्षकलाई १६००० मासिक पारिश्रमिक दिएको छ । ओखलढुंगाको मोलुङ गाउँ पालिकाले १५००० हजार पारिश्रमिक दिएको छ ।
त्यसैगरी झापाको बुद्धशान्तिले गाउँपालिकाले पनि इसीडी शिक्षकलाई १५ हजार पारिश्रमिक दिएको छ । नुवाकोटको ककनी गाउँपालिका, तनहुँको भानु नगरपालिका र मोरङको रंगेली नगरपालिकाले पनि मासिक रूपमा १५ हजार पारिश्रमिक दिएका छन् ।

पर्वतको कुश्मा नगरपालिकाले शिक्षक दिवसका अवसरमा इसीडी शिक्षक र विद्यालयका कर्मचारी पारिश्रमिक वृद्धि गरेको छ । नगर कार्यपालिकाको बैठकले उनीहरूको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको हो । नगर शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीका अनुसार इसीडी शिक्षकलाई १५ हजार ५००, कार्यालय सहयोगीलाई १५ हजार र विद्यालयका कर्मचारीलाई २० हजार ५०० रूपैयाँ मासिक पारिश्रमिक तोकिएको हो ।

संघीय सरकारले घोषणा गरे पनि कुश्मा नगरपालिकाले पारिश्रमिक सुविधा नबढाएको भन्दै शिक्षक र कर्मचारी आन्दोलित भएका थिए । पारिश्रमिक वृद्धि गर्दा नगरपालिकालाई वार्षिक एक करोड ५० लाख दायित्व बढ्ने भएको छ । नगरपालिकाभित्रका विद्यालयमा ७० जना इसीडी शिक्षक, १८ जना विद्यालय कर्मचारी र ६५ जना विद्यालय सहयोगी छन् ।

सर्लाहीको हरिवन नगरपालिका र चन्द्रनगरपुर गाउँपालिकाले पनि शिक्षक र कर्मचारीलाई तोकिएको पारिश्रमिक उपलब्ध गराएका छन् । हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंले वेबटिभी खबरसँग भने, ‘इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई १५ हजार पारिश्रमिक पुर्‍याउँदा शिक्षाको गुणस्तरलाई पनि विकास गर्न यसले मद्दत गर्छ भन्ने हामीले महसुस गर्‍यौं । केन्द्रीय सरकारबाट ८ हजार रूपैयाँ विनियोजित हुने र बाँकी रकम स्थानीय तहले व्यहोर्ने गरी न्युनतम पारिश्रमिक १५ हजार पुर्‍याउने परिपत्र आइसकेपछि हामीले के सोच्यौं भने यो एउटा ठिक कुरा हो ।’

प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार