काठमाडौं । दक्षिण कोरियास्थित स्टार रेमिट र नेपालको नबिल बैंक बीच रेमिट्यान्स भित्र्याउने सम्बन्धिमा सम्झौता भएको छ । काठमाडौको हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा आयोजित एक समारोहको बीच स्टार रेमिटका अध्यक्ष रुद्र शर्मा र नविल बैंकका कार्यकारी अधिकृत (सिइओ)अनिल केशरी शाहबीच सो सम्बन्धमा हस्ताक्षर भएको हो ।
कार्यक्रममा कोरियाबाट नेपाल रेमिटयान्स भित्र्याउने, कोरिया रिटर्नीहरुलाई कसरी बैंकिङ सेवा दिने, विदेशबाट सरल, सहज र कानुनीरुपमा पैसा भित्रयाउने र त्यसलाई सदुपयोग गर्ने सम्बन्धमा चर्चा गरिएको थियो । स्टार रेमिट दक्षिण कोरियामा सन् २०१८ दक्षिण कोरियामा नेपालीद्वारा नेपालीको लागि संचालित स्टार रेमिटले हाल कोरियाबाट १५ देशमा कारोबार गरिरहेको रेमिटका बजार व्यवस्थापक खेम कार्कीले जानकारी दिए । सो रेमिटयान्स कम्पनीले सन् २०२२ सम्म ५० देशमा र २०२४ मा २०० देशमा कारोबारगर्ने लक्ष्यसहित कारोबारलाई विस्तार गरिरहेको उनको भनाइ छ ।
नेपालमा १३५ ब्रान्चहरुबाट तथा १५ हजार बढि नबिल रेमिट एजेन्ट लोकेशन बाट सेवा प्रदान गरिरहेको नबिल बैंकसँगको सहकार्यले स्टार रेमिटको सेवामा अझ गुणस्तर थपिने कम्पनीको दावि छ । फिक्स डिपोजिट, लोन सुविधा तथा स्मार्ट बैंकिङको सुविधा कोरियाबाटै लिनको लागि स्टार रेमिटसँगको सम्झौंताले थप मद्धत गर्ने रेमिटका अध्यक्ष रुद्र शर्मा विश्वास व्यक्त गरे ।
उनले सो रेमिटले समय सापेक्ष सेवा सुविधाहरू थप्दै जाने लक्ष्य लिएको जनाउँदै सेवाग्राहीको मनोभाव बुझेर आफुहरु काम गरिरहेको बताए । समारोहमा नविल बैंकका प्रतिनिधिहरु , स्टार रेमिटका प्रतिनिधिहरु सहित कोरिया तथा विदेशबाट फर्केका नेपालीहरुको समेत सहभागिता रहेको थियो ।





