गुल्मी । विंस २०३४ सालमा गुल्मीको म्यालपोखरी गाविस १ रत्नबहादुर र रनकुमारीकी छोरीको रुपमा रामकुमारी झाँकीको जन्म भएको हो । रामकुमारी झाँक्री विद्यार्थी राजनीतिबाट उदाएकी नेता हुन् । उनले २०४७ सालमा अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्य भएर राजनीति सुरू गरेकी थिइन् । झाँक्री १९ औं सम्मेलनबाट अध्यक्षसमेत बनेकी थिइन् । दोस्रो जनआन्दोलनका क्रममा प्रहरी झडपमा घाइते भएको तस्बिर चर्चित बनेपछि उनलाई कतिपयले जनआन्दोलनकी ‘पोष्टर गर्ल’ को समेत संज्ञा दिएका थिए । त्यसले नै उनलाई राजनीतिक उदयका लागि समेत सहयोग गरेको छ ।
उक्त घटनाबाट चर्चामा आएकी झाँक्री विद्रोही नेतृको रूपमा परिचित छिन् । २०७५ मा नेकपाको केन्द्रीय सदस्य भएकी उनी तत्कालीन अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचकको छवि बनाएकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारी लक्षित टिप्पणीका कारण गिरफ्तारीमा परेकी झाँक्री एमाले विभाजन हुँदा माधव नेपाललाई तानेर निर्वाचन आयोगतिर लैजादै गरेको तस्बिरका कारण चर्चामा आएकी थिइन् । उनलाई कतिपयले एमाले ‘विद्रोहकी विम्ब’को समेत संज्ञा दिएका थिए । गुल्मीमा जन्मेकी उनले मानविकीमा स्नातकोत्तर र कानूनमा स्नातक गरेकी छन् । पारिजातका कृतिबाट प्रभावित उनलाई पारिजात संघर्षशील नारी पुरस्कार पनि दिइएको थियो । इतिहास, दर्शन र साहित्यमा उनको रुचि छ।
रामकुमारी झाक्रीको एउटा सामान्य किसान परिवारमा छैटौं सदस्यका रुपमा गाउमै जन्म भएको हो । उनको माध्यमिक तहको शिक्षा पृथ्वी माध्यमिक विद्यालय पुर्कोटदहवाट उत्तीर्ण गरेकी हुन भने विए पद्मकन्या क्याम्पस र एम त्रिभुवन विश्वविद्यालय काठमाडौवाट भएको हो । सानै उमेरदेखि राजनीति चासो राख्ने उनी पृथ्वी माध्यमिक विद्यालयको प्रारम्भिक कमिटीमा पहिलोपटक सदस्यमा जोडीएकी हुन । नेपाली राजनीतिमा प्रखर बोल्ने महिला नेतृ झाक्री हाल प्रतिनिधिसभामा नेपाल कम्युनिष्ट पार्टी समाजवादीकी सांसद् हुन ।
समाजवादी पाटीकी केन्द्रीय सचिव रहेकी झाक्रिको राजनीति यात्रा विद्यार्थी राजनीति पृष्ठभूमिबाट शुरुवात भएको हो । २०६५ सालमा तत्कालीन नेकपा ९एमाले० को विद्यार्थी सङ्गठन अनेरास्ववियुको पोखरा(महाधिवेसनबाट उनी अध्यक्ष भएकी थिइन्। गोकुल घर्तीलाई ७ सय मतअन्तरले पराजित गर्दै अनेरास्ववियुको ४० बर्षपछि अध्यक्ष पदमा निर्वाचित हुने उनी पहिलो महिला नेतृ बनेकी थिइन्।
त्यसपछि राजनितीमा उनको चर्चा झन चुलिएको हो । उनले अनेरास्ववियुको केन्द्रीय सदस्य,सचिवालय सदस्य,महिला विभाग प्रमुख,प्रचारप्रसार विभाग प्रमुख,सचिव,उपाध्यक्ष हुदै खुल्ला राजनीतिवाट अध्यक्षमा विजयी भएकि हुन । नेपाली राजनीतिमा प्रखर बोल्ने महिला नेतृ झाक्री पछिल्लो समय माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको सचिव छिन् ।
तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनमा सदस्य पदमा समेत उनी निर्वाचित भएकि थिइन । राजनीति जिवनमा उनले पटक पटक प्रहरी हिरासतमा दिनहरु विताएकि छन भने कयौंपटक आन्दोलनको क्रममा घाइते भएर अस्पतालको वेडसम्म पुगेकी छन ।
पछिल्लोपटक तत्कालीन प्रचण्ड(माधव नेपाल नेतृत्वको नेकपाकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको कसुरमा पक्राउ गरेपछि सामाजिक सञ्जालदेखि चियापसलसम्म उनको बारेमा चर्चा परिचर्चा सुरु भयो । झाँक्रीलाई प’क्राउ गरेपछि विभिन्न दलका नेताहरुले नागरिकको स्वतन्त्रता हनन भएको भन्दै सरकारको आलोचना समेत गरे । गिरफ्तारी दिनुअघि उनले राज्यले अभिव्यक्ति स्वतन्त्रताविरुद्ध अंकुश लगाउन खोजेको आरोप लगाएकी थिइन्। उनलाई राज्यविरुद्धको कसुर दफा ५८ बमोजिम प्रक्राउपुर्जी दिइएको थियोे । तर चर्को बिरोधपछि प्रहरीले सोहि दिन बेलुका रिहा गरिदियो । त्यसपछि झाँक्रीको झनै चर्चा चुलियो ।
उनको २०६६ माघ २९ मा धनकुटा जिल्लाका पशुपतिबाबु पुरीसँग विवाह भएको हो । एक छोराकी आमा रहेकी नेतृ झाक्रि विवाहपछि पार्टीभित्रको आन्तरिक कारणले राजनीतिमा जिम्मेवारी पाउने विषयमा पर्नुभएन । केही समय निष्क्रियजस्तै देखिएपनि उनी सधै राजनीतिमा सक्रिय नै रहेकि छन। लामो समयको प्रेमपछि विवाह गरेकी झाक्रि विवाह अगाडि र पछाडिपनि राजनीति यात्रासङ्गै अन्य यात्रामा पशुपतिजीको साथ र सहयोग रहदै आएको छ ।





