इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड एस्टोन भिल्लासँग पराजित !



काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड एस्टोन भिल्लासँग पराजित भएको छ । युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमै पराजित भएको हो । एस्टनका कोर्टने हाउसले निर्णायक गोल गरे । उनले खेलको ८८ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । जितसँगै एस्टनले ६ खेलमा १० अङ्क जोडेको छ । एस्टन सातौँ स्थानमा छ । युनाइटेडको ६ खेलमा १३ अङ्क छ । हारपछि युनाइटेड अङ्कतालिकाको चौथो स्थानमा झरेको छ ।

प्रकाशित मिति : २०७८ असोज १० गते आइतवार