काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको परीक्षा भन्दा पहीला खुला विज्ञापन गर्ने गरी योजना बनाएको छ । अध्ययन अनुमति पत्रमा ठुलो संख्यामा परीक्षार्थीहरु सामेल हुने भएकाले त्यसलाई व्यावस्थापन गर्न जनशक्ति अभाव भएका कारण खुला विज्ञाापन गरेर मात्र अध्ययन अनुमतिपत्रको परीक्षा गर्ने गरी तयारी थालेको छ ।
विगतको अवस्थालाई हेर्ने हो भने करीब तीनलाख ५६ हजार बढी परीक्षार्थी सहभागि भएका थिए । यस पटक पनि त्याही संख्यामा परीक्षार्थी हुने आकलन आयोगको छ । ४० प्रतिशत वस्तुगत परीक्षा हुने भए पनि यसमा कुनै समस्या नहुने आयोगको भनाई छ । तर ६० प्रतिशतको विषयगत परीक्षामा जनशक्ति व्यावस्थापनको चुनौति टड्कारो रुपमा देखिएको आयोगले बताएको छ ।
उत्तर पुस्तिका परीक्षणमा समय लाग्ने कारणले गर्दा आयोगले चाहेर पनि छिटो नतिजा निकाल्न नसकिने जनाएको छ । नतिजा सार्वजनिक गर्न थोरैमा ६ महिना बढी लाग्ने भएका कारणले अध्यापन अनुमतिपत्रको परीक्षा पहिला सञ्चालन गर्दा खुला विज्ञापनमा प्रभावित हुने भएकाले पहीला खुला विज्ञापन गर्ने गरी योजना बनाएको हो ।





