काठमाडौं । नेपाली शेयर बजारमा लगानीकर्तालाई एकपछि अर्को गर्दै लागनीका अवसर निरन्तर आईरहेका छन् । आईपीओहरु धमाधम आईरहेका छन् । एनआईसी एशिया लघुवित्तले साढे ४७ लाख कित्ता प्राथमिक शेयर अर्थात आईपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
एनआईसी एशिया बैंकको सहायक कम्पनीले एनआइसी एशिया लघुवित्तले आफ्नो चुक्ता पूँजी एक अर्ब एक करोडको ४९ प्रतिशत अर्थात ४७ लाख ५५ हजार कित्ता शेयर बिक्रीका लागि अनुमति पाएको हो । सर्वसाधारणमा एकैपटक यति धेरै मात्रामा आईपीओ बिक्री गर्ने एनआईसी एशिया लघुवित्त मध्येमा सबैभन्दा ठूलो कम्पनी हुने भएको छ । जाजरकोटमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले खुद नाफा गरेर यसै बर्षबाट लाभांश बाँड्नसक्ने अबस्थामा रहेको छ ।
यस कम्पनीीको शेयरमा चार लाखसम्म लगानीकर्ताले आबेदन गरेमा प्रत्येकको हातमा १० कित्ता शेयर पर्ने संभावना छ । अहिले नेपाल पुनर्बिमा कम्पनीले सर्वसाधारणमा शेयर बिक्री गरिरहेकोमा यसलगत्तै एनआईसी एशिया लघुवित्तको आईपीओ बिक्रीमा आउने भएको छ । केही लिवर्टी र युनाईट्ढ ईदिमदी हाइृड्रोले आईपीओ बिक्री प्रक्रिया शुरु गरिसकेका छन् ।
यसैबीच मानुषी लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि बिक्रीमा ल्याएको आइपीओ दुई दिनमा नै झण्डै साढे १३ लाख आवेदकले आवेदन दिएका छन्। बिक्री प्रबन्धक एसविआई मर्चेण्ट बैंकिङ्ले दिएको जानकारी अनुसार बिहीबार बेलुकासम्ममा कम्पनीको आइपीओमा १३ लाख ४७ हजार ८०८ जना आवेदकले १ करोड ७७ लाख ७० हजार ३० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्।
यो कम्पनीले बिक्रीमा ल्याएको शेयरको ४८।२१ गुणा धेरै हो । लघुवित्तले बुधबारदेखि जारी पूँजीको ३६ प्रतिशतले हुन आउने ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको हो। १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार कित्ता बराबरको एक लाख रुपैयाँसम्मको लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक
तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ। लघुवित्तको आईपीओमा साउन २७ गते देखि ३१ गतेसम्ममा आवेदन दिन सकिनेछ।





