
काठमाण्डाै – त्रिभुवन विमानस्थले अत्यावश्यक कामबाहेक विमानस्थलमा उपस्थिन नहुन आग्रह गरेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएकाले आफन्तलाई स्वागत र बिदाइ गर्न विमानस्थलमा उपस्थित नहुन र उपस्थित हुनै परे मास्क (मुखावरण) लगाउन पनि विमानस्थल कार्यालयले आग्रह गरेको छ । यस्तै विमानस्थलले भिटिजर पास वितरण पनि अहिलेलाई स्थगित गरिएको पनि विमानस्थलले जनाएको छ ।
प्रकाशित मिति : २०७६ फाल्गुन २० गते मङ्गलवार