काठमाडाैं | सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द भएको छ । कोरोना महामारी फैलिएसँगै यातायात व्यवस्था विभागले अनलाइन आवेदन बन्द गरेको हो । कोरोना महामारी फैलिएको भन्दै विभागले आज सूचना निकालेर अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द गरेको हो।
विभागका प्रवक्ता लोकनाथ भुसालले अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन बन्द गरिएको बताए।
प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार















