२६ बर्ष सेवा गरेको अस्पताल छोड्नु अनि आफ्नै घर नहुनुको पि’डामा डा.केसी यसरी भ’क्कानिएर रोए (भिडियो)



काठमाडौं : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी आज डडेल्धुरा पुगेका छन। सरकारले आफुसँग गरेका माग पूरा नगरेको भन्दै १७ औँ अनशन बस्न डा. केसी डडेल्धुरा पुगेका हुन। डा. केसीले चिकित्सा क्षेत्रको सुधारका लागि यसअघि १६ पटक अनशन बसिसकेका छन् । चिकित्सा शिक्षा र स्वास्थ्यमा देशका सबै क्षेत्रका नागरिकको समान पहँच हुनुपर्ने भन्दै उनले आ’वाज उठाउँदै आएका छन् ।

डा केसीले विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्न समेत माग गरेका छन् । २०७५ साउन १० गते सरकारले डा. केसीको १५ औँ अ’नशन तो’डाउँदा डोटी–डडेल्धुरामा मेडिकल कलेजको सम्भावना अध्ययन गर्ने सहमति गरे पनि अहिलेसम्म कुनै काम नभएकाले अनशन बस्न डा. केसी डडेल्धुरा नै पुगेका हुन् ।

२६ वर्ष सेवा अवधि सकाएर शिक्षण अस्पताल महाराजगन्ज बाट बिदा हुनुअघि असोज २७ गते सोमबार पत्रकार सम्मेलन मार्फत केसीले अनशन थाल्ने घोषणा गरेका थिए । कस्तो संयोग ! २६ वर्षे सेवा अवधिको अन्तिम दिन उनको जन्म दिन परेको रहेछ । ६३ पूरा गरेर ६४ वर्ष लागेको दिन अस्पतालबाट विदा लिन लागेका डा. केसीलाई सधैं नमस्कार भनेर सम्बोधन गर्ने सहकर्मी कर्मचारीहरुले ‘ह्याप्पी बर्थ डे डाक्टर साब !’

भनिरहेका थिए। उनी पनि मुस्कुराउँदै ‘धन्यवाद’ फर्काइरहेका थिए । नेपालका सबै जिल्ला कम्तिमा तीन पटक सेवा दिन पुगेका उनी त्यस्ता परोपकारी भ्रमणलाई निरन्तरता दिन चाहन्छन। उनले सुनाए अनुसार उनलाई आफ्नै घर, गाडी र परिवार होस् भन्ने कहि ल्यै लागेन । व्याक्तिगत लोभ, मोह पनि जागेन ।

आमाले बेलाबेला यस्तो विषयमा सम्झाउने गरेको सुनाउँदै उनले भने, ‘यस्ता कुरालाई मैले ‘सिरियसली’ लिइनँ । उनै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीसंग केहि समय अघि इमेज खबरले गरेको कुरा कानीमा अस्पताल छोड्नु अनि आफ्नु घर नहुनुको पि’डामा डा.केसी यसरी भ’कानिएर रोएका थिए हेर्नुहोस भिडियो… भिडीयो यहाँ लिंकमा छ ।

प्रकाशित मिति : २०७६ कार्तिक १९ गते मङ्गलवार