कोरियामा अड्केका विदेशी कामदारले १ बर्ष भिजा थप गर्न सक्ने



कोरोना भा’इरसका कारण आफ्नो देश फर्किन क’ठिनाई भो’गिरहेका विदेशी कामदारहरुले दक्षिण कोरियामा अरु थप १ बर्ष बस्न पाउने भएका छन। को’रोना महामा’रीका कारण अन्तराष्ट्रिय उडान नियमित नहुँदा कामदारहरुलाई आफ्नो देश फर्कन अस’हज भईरहेको छ।

शुक्रबार कोरियाको राष्ट्रिय सभाले ‘विदेशी कामदार सम्बन्धी ऐन’ परिमार्जित गर्दै कोरियामा रहेका विदेशी कामदार जो सरुवा रो’गजन्य म’हामा’री तथा प्राकृतिक बि’पत्तिका कारण हवाई उडान प्र’भावित भई आफ्नो देश फर्कन नसक्ने स्थिती उत्पन्न भएमा उनिहरुले १ बर्षसम्म भिजा थप गर्न सक्ने व्यवस्था गरेको छ।

कोरियाको प्रमुख प्रतिपक्षी दल पिपल पावर पार्टीका नेता ली जोङ बेले पेश गर्नुभएको यो प्रश्तावले विदेशी कामदारहरुलाई सहयोग पुग्नुका साथै कामदार अभावका कारण स’मस्यामा परेका साना तथा मझौला कम्पनीका मालिकहरु समेतलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कोरियामा अड्केका विदेशी कामदारहरुले आफू त्यहाँ रहुन्जेल काम गर्न पाउनुपर्ने माग उठाईरहेका थिए। त्यसैगरी स्थानिय रोजगारदाताहरु कामदार अ’भावका कारण स’मस्यामा परेका थिए। उनिहरुले यो स’मस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदै आइरहेका थिए। त्यसैगरी अहिले गरिएको प्रश्तावले खानी उध्योगलाई समेत विदेशी कामदार राख्न अनुमति दिएको छ। यसभन्दा पहिले उत्पादनमूलक क्षेत्र, निर्माण, सेवा, कृषि तथा पशुपालन र माछापालन क्षेत्रमा मात्रै विदेशी कामदार राख्न पाउने नियम थियो।

प्रकाशित मिति : २०७७ चैत्र १६ गते सोमवार