
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । प्रयास गर्दा प्रेममा सफलता पाउने र बैवाहिक बन्धन प्राप्तीको योग पनि छ । बोलीको प्रभाव बढ्नुका साथै मान सम्मान समेत पाइनेछ । आर्थिक समुन्नतिको योग छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कामको बोझले थाकेको महसुस होला । घर गृहस्थीमा भने समस्या आउन सक्छ । गलत विचार बढ्ने समयमा निर्णय नहुँदा काममा अवरोध आउने छ । खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ, सजग रहनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ । व्यापारको सफलताले मन रमाउनेछ । धन मनग्य कमाउने अवसर मिल्नेछ । धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । आटे गरेका काम पुरा भइ धनको लाभ हुन सक्छ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । ठूला व्यक्तिको आशा र भरोसा पनि तपाई प्रति रहनेछ । बोल्दा धेरै कामहरु सहज हुनेछन् । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । दिन सुखमय बित्ने देखिन्छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोग र नयाँमित्रको आगमनले अन्तत आफ्नो मन प्रसन्न हुनेछ । अन्य विविध फाइदा पनि हुन सक्छ । पढाइ लेखाइमा रुची बढ्नेछ । आफ्ना सहयोगी र सेवक वर्गबाट सहायता मिल्नेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । परिश्रमले आफ्नो लक्ष्य पुरा गर्न सकिनेछ । नोकरी र राजनितीमा केहि अप्ठ्याराको सामना गर्नु पर्ने छ । पारिवारिक समस्याले पिरोलेता पनि बिस्तारै समाधान तिर उन्मुख हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते घरमा पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । नयाँ काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाडी बढ्न सकिनेछ । सहासिक र कठिन काममा सक्रियता बढ्नेछ । पुराना साथि संगीसँग भेटघाट गर्ने अवसर जुट्ला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अचानक उपहार मिल्ने योग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आटे गरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । विभिन्न भौतिक साधन जुटुनुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कमाइ रामैसँग हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ । स्वास्थ्य सबल रहनेछ । काममा पनि फाइदाको योग छ । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) स्वास्थ्य विग्रन सक्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । समय त्यति राम्रो छैन, गलत विचार बढ्ने छ । समयमा सहि निर्णय गन सकिदैन । सुख सुविधा र विलासिताका साथमा समय बित्नेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आमाबाट आएको धनको उपयोगबाट लाभ उठाउन सकिनेछ । अन्य बन्न लागेको काम बिग्रन सक्छ । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । पढाइ लेखाइमा प्रगति हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिनेछ । अधुरा काम बन्ने छन् । मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जाला ।