पूर्वराजाकाे विज्ञप्ति आएपछि ओली प्रचण्ड क्याम्पमा भुकम्प, अब के हाेला देशको राजनीति !



काठमाडौं, ६ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले ‘प्रजातन्त्र’ प्राप्तिको ७० वर्षपछि आएर पनि मुलुक प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्ध र बहसमै ब्यस्त तथा ग्रस्त रहेको बताउनु भएको छ । पूर्वराजा शाहले विहीबार ‘७१ औं राष्ट्रिय प्रजातन्त्र दिवस’को पूर्वसन्ध्यामा शुभकामना दिदै यस्तो धारणा राख्नु भएको हो ।

त्यस्तै, उहाँले प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष भएको र जनताको आस्था, चाहना र जनभावना अन्ततः अमिर रहने बताउँदै भन्नुभएको छ, ‘यसलाई मेट्न खोजेर, बटारेर त्यो बटारिन्न ।’ पूर्व राजा शाहद्वारा जारी शुभकामना विज्ञप्तीमा भनिएको छ, ‘नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिनप्रति दिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेका छन् ।’

त्यस्तै, प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरुको शासण प्रणाली मात्र नभएर सामाजिक जीवन पद्धति पनि भएको उहाँको ठहर छ । त्यस्तै, उहाँले हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा मात्र प्रजातन्त्रको प्रण अटुट रहनेपनि बताउनु भएको छ । उहाँको शुभकामना विज्ञप्तीमा थप भनिएको छ, ‘यसमा राष्ट्रको प्रतिष्ठा बढाउन हामी कति समथ्र्य भएका छौं ? सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ ।’

प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार