दुबईमा अरबी युवतीले चलाएको गाडीले ठक्कर दिएर दुर्घटनामा मृत्यु भए भनिएका नेपाली जिवितै, उपचार हुँदै



काठमाडौ । वैदेशिक रोजगारीमा गएका आफन्तको दुर्घटनामा मृत्यु भएको खबर सुनेर बाँके कोहलपुर ११ का गोविन्दको परिवारमा ठूलो बज्रपात पर्यो । दुवईमा रहेका ३८ वर्षका गोबिन्दप्रसाद शर्मालाई अरबी युवतीले चलाएको गाडीले ठक्कर दिएर मृत्यु भएको खबर शुक्रवार आएपछि उनको परिवार शोकमा थियो । दुर्घटना स्थलवाटै एक जना बंगाली ट्याक्सी चालकले परिवारका सदस्यलाई नेपालमा फोन गरेर गोबिन्दको मृत्यु भएको जानकारी दिएका थिए । दुवईमा आफन्त कोही नभएका कारण गोबिन्दलाई कहाँ र कसले लग्यो भन्ने समेत जानकारी नहुँदा परिवार निकै ठूलो चिन्तामा थियो । तर आइतवार आएको एउटा सुखद् खबरले भने परिवारमा केही खुसी छाएको छ । मृत्यु भएको भनिएका गोबिन्द घाइेत अवस्थामा उपचारार्थ अस्पतालमा रहेको जानकारी आएपछि परिवारमा खुसी छाएको छ । तर कसैले दिएको गलत र आधा सूचनाका कारण गोबिन्दको परिवारले २ दिन सम्म निकै त नाव मा बिताउनु परेको छ ।

दुवईको अस्पतालमा गोबिन्दलाई भेट्न गएका हर्क चन्द ठकुरीले घटनाको वास्तविकता खुलाएर सामाजिक सञ्जालमा फेसवुकमा स्टटास लेखेपछि गोबिन्दको अवस्थाको बारेमा वास्तविक जानकारी अथाहा पाएको हो । उनले नेपालवाट गोबिन्दको आफन्तले उनको मृत्यु भएको र अस्पतालमा शव छ बुझ्न जानु भनेर खबर आएपछि आफु भेट्न जाँदा गोबिन्दलाई जिवितै फेला पारेको बताएका छन् । उनले फेसवुकमा लेखेको स्टाटस जस्ताको त्यस्तै मृत्यु भएको लास हस्पिटल राखिएको छ भनेर नेपाल देखि खबर सुनेर हामि हस्पिटल लास भेट्न जादा जिवित मान्छेलाई भेटेर आएको जानकारी गर्द्छु ।

जन्म घर सुर्खेत गुमि हाल बाँके कोहलपुर निवासी हाल युएई को रस अल खैमाह को खरान मा बस्दै आएका बर्ष ३८का गोबिन्द प्रसाद शर्मा हिजो मिति डिशेम्बर ११ तारिक शुक्रबार को बेलुकाको ६।३० बजे आफु बस्ने अगाडी खरान को रोड क्रस गर्ने क्रममा अरेबि केटिको गाडी देखि दुर्घटना भएर घाइते हुनु भएको रहिछ । घटनास्थल मा घाइतेको आफन्त र नेपानी कोहि नभएको ले पुलिसलाई जानकारी प्राप्त भएको ले पुलिस घटना स्थल पुगेर घाइते लाइ साकार हस्पिटल लगेर आईसियु मा भर्ना गरेको रहेछ । घटनास्थलको नजिक हुने बङाली ट्याक्सि ड्राइभरले नेपाल घाईतेको आफन्तलाई फोन गरि गोबिन्द प्रसाद शर्मा रोड एक्सिडेन्ट् परेर मृत्यु भैसकेको र लास सेफ हस्पिटल लगेको खबर पुर्‍याएको हालखबर बुझिदिनु भनेर मलाई फोन आयो । नेपालवाट आफन्त पर्ने दैलेख बजार निवासी दैलेख नेशनल इन्स्योरेन्स कम्पनी का एकाउन्टेन् मणि कुमार रिमाल दाजु ले मलाई बिहानै खबर गर्नु भयो ।

भाई तपाई को घर कोहलपुर गोलपार्क नजिकै को छिमेकि पर्ने भाई हुनु हुन्छ हिजो रस अल खैमह मा गोबिन्द प्रसाद शर्मा नामको मान्छे को शव हस्पिटल मा राखेको छ के कसरि घटना घटेको हो बुझ्नु पर्यो भाई भनेर खबर गर्नु भएको थियो । मेरो घर कोहलपुर न्यूरोड सेन्ट्र प्लाजा होट्ल को नजिकै एनटिभी जाने रोड मै मेरो ४ तला को घर छ म मणि रिमाल जीले काम गर्ने इन्स्योरेन्स कम्पनी को अर्को लाईफ इन्स्योरेन्स कम्पनीको प्रदेश प्रमुख नेपालगन्ज मा कार्यरत छु सर मेरो मृत्यु हुने गोबिन्द प्रसाद शर्मा मेरो साला पर्ने हुन हजुर ले के कसरी हुन्छ बुझेर खबर गरि सहयोग गर्दिनु पर्यो भनेर मेसेज गर्नु भएको थियो ।

मैले हुन्छ सर हामि संजाल मार्फत पनि र मेसेज फोन मार्फत पनि सोधपुछ मै जानकारी लिने कोसिस गरिरहेका छौ अहिले डिउटि मा छौ बेलुका डिउटि सकेर हस्पिटल जान्छौ भनि उहाँ आफ्न्ति हरु लाई केहि आशा दिई हामि दिन भरि को डिउटि गरि सकेर युएई टाईम बेलुका को ७ बजे दैलेखि समाज युएई का महासचिव सन्कल्प चन्द ,समाज कै अध्यक्ष ( धन बहादुर चन्द,म स्वयब पूर्व कोषाध्यक्ष हर्कबहादुर चन्द हामि सरकारि सेफ हस्पिटल मा गएर सेक्युरिटी गार्ड सग सोद पुछ गर्दा अहिले लास यहा राख्दैन अर्को साकार हस्पिटल मा राख्छ भनेको ले हामि तिनै जना अर्को हस्पिटल जानको लागि गेट सम्म हिडेर आईपुग्यौ ।

त्यहाँपुग्दा काठमाडौ रेस्टुरेन्ट का संचालक जनार्दन सुबेदि सर गाडी ल्याएर हस्पिटल को अगाडी रोडमा आएर हामि लाई कहा सम्म जाने आउनु बस्नु गाडी मा भनेर हामि तिनै जना लाई साकार हस्पिटल आफ्नै गाडीमा पुराई त्यहा को नेपालि सेक्युरिटी गार्ड सग सोद पुछ गर्दा मान्छे त आईसियु मा उपचार भैरहेको छ मृत्यु भएको छैन भनेर भन्नुभयो घाइते लाई भेट्न लाई हामि चार जना लाइ भित्र जान नदिने भएको ले नेपालि सेक्युरिटी को सहयोग मा म मात्र भित्र गएर घाइते को अवस्था हेर्दा बाहिर केहि चोट पटक नदेखिएको र भित्र टाउको मा रगत जमेको छ भन्ने जानकारी डाक्टर बाट प्राप्त भयो साथै घाइते को अग्सिजन मार्फत आईस्यु मा उपचार भैरहेको संजाल मार्फत सबैमा जानकारी गर्द्छु।

प्रकाशित मिति : २०७७ मङ्सिर २८ गते आइतवार