
काठमाडौँ, ५ मङ्सिर । नेपाल प्रहरी समायोजनका लागि ‘कानुनी तथा प्राविधिक’ रुपमा बाटो खुला भएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले प्रहरी समायोजन सम्वन्धी ‘संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम’) स्वीकृत (पास) गरेसँगै समायोजनका लागि बाटो खुलेको हो । गृह मन्त्रालयका अनुसार, प्रहरी समायोजन सम्वन्धी ओएनएम स्वीकृति (पास) भएको छ । प्रहरी समायोजन विधयेक २०७६ यसअघि नै स्वीकृत भइसकेको हो । ओएनएमले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी ) एक र प्रहरी नायव महानिरीक्षक (डिआइजी ) पाँच गरी छ दरवन्दी थप गरेको छ ।
वर्तमान सरकारले प्रहरी समायोजनका लागि भन्दै यसअघि एआइजीको सातवटा दरवन्दी घटाएर तीन र डिआइजीको २६ वटा दरबन्दी घटाएर १४ पु¥याएको थियो । थप गरिएको एआइजीको दरवन्दी महानगरीय प्रहरी कार्यालय रानीपोखरीका लागि रहेको छ । गृह मन्त्रालय प्रशासन महाशाखा प्रमुख सहसचिव थानेश्वर गौतमले केही दिनअघिको मन्त्रिपरिषद्को निर्णयबाट प्रहरी समायोजन सम्वन्धी ओएनएम स्वीकृत भई मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालय पठाई सकेको जानकारी दिनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।