गृहमन्त्री सुधन गुरुङ बिमस्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन आज भारत प्रस्थान गरेका छन् । उनी दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्लीतर्फ लागेका हुन् ।
गृहमन्त्रीको कार्यभार सम्हालेयता गुरुङको यो पहिलो औपचारिक विदेश भ्रमण हो । बिमस्टेकअन्तर्गत महत्वपूर्ण सहकार्यको क्षेत्रको रूपमा रहेको सुरक्षा क्षेत्रको उच्चस्तरीय संयन्त्रको रुपमा रहेको उक्त बैठक पहिलोपटक भारतमा आयोजना हुन लागेको छ । उक्त संयन्त्रको परिकल्पना सन् २०१८ मा काठमाडौँमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनले गरेको थियो ।
मंगलबार भारतको नयाँ दिल्लीमा हुन गईरहेको उक्त बैठकमा माननीय गृहमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सातवटै सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्रीहरु उक्त बैठकमा सहभागी हुनेछन् ।
प्रकाशित मिति : २०८३ असोज २६ गते सोमवार















