बुढीगण्डकी बाढी : जगत, सल्लेरी र घट्टेखोलाका ४० घर बगे



बुढीगण्डकी नदीमा आएको बाढीले ३५/४० वटा घर बगेको प्रारम्भिक अनुमान गरिएको गोरखाको चुमनुव्री गाउँपालिका प्रशासनिक प्रमुख नारायणप्रसाद सापकाटोले जानकारी दिए। गाउँपालिकाको केन्द्र सिर्दिबासमा रहेका सापकोटाका अनुसार बाढीले जगत बगर, सल्लेरी र घट्टेखोलाका ३५/४० घर बगाएको हो।

‘बाढीको अवस्थाचाहिँ सामान्य हुँदै गएको छ। अहिले उद्धारमा खटिएका छौं। हेलिकप्टर आएर उद्धार गरिरहेको छ,’ उनले भने। सिर्दिबासबाट चुम्लिङ (चुम उपत्यका) तर्फ जाने बाटोमा रहेका ४/५ जना गोठालाहरु भने सर्म्पकविहीन रहेको उनले बताए।

प्रकाशित मिति : २०८३ असोज २५ गते आइतवार