काठमाडौं । नेपाली होटल व्यवसायी संघको चौबिसौँ वार्षिक साधारण सभा तथा चौधौँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको शपथग्रहण तथा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। २०८३ साल असोज २२ गते आयोजित उक्त कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन्।
संघका निवर्तमान अध्यक्ष गणेश ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य माननीय नरेन्द्रकुमार केरुङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो। साथै, नेपालीहरूको महान् चाड विजयादशमी, शुभदीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमसमेत आयोजना गरिएको थियो।
असोज २ गते सम्पन्न संघको चौबिसौँ वार्षिक साधारण सभा तथा चौधौँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले आगामी कार्यकालमा होटल व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायको प्रवर्द्धन तथा संघको संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
नवनिर्वाचित कार्यसमितिको विवरण
अध्यक्ष: सामदेन लामा दीपक
प्रथम उपाध्यक्ष: दुर्गा थापा
द्वितीय उपाध्यक्ष: देवराज घिमिरे
महासचिव: इन्द्रप्रसाद ढकाल
सचिव: प्रकाश शर्मा
कोषाध्यक्ष: विमल चौहान
सह–कोषाध्यक्ष: दिनेशकुमार कार्की
महिला सदस्य: प्रतिमा अधिकारी
सदस्य: सुनिलकुमार शर्मा
सदस्य: हरिलाल वली
सदस्य: लालबहादुर कुँवर
सदस्य: प्रनिष अधिकारी
सदस्य: निर्मला लोहनी
सदस्य: दीपक भन्तना
सदस्य: दामोदर पाण्डे
सदस्य: नारायण खनाल
सदस्य: प्रकाश मिजार
सदस्य: रामकृष्ण वाईबा

नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। नयाँ कार्यसमितिले होटल व्यवसायीका साझा समस्या समाधान, व्यवसायमैत्री वातावरण निर्माण तथा संघको उद्देश्य प्राप्तिका लागि प्रभावकारी रूपमा काम गर्ने विश्वास व्यक्त गरिएको छ।












