काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्की पार्टीबाट अलग भएका छन् । प्रलोपा औपचारिक रूपमा विभाजन भएपछि कार्कीले पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीमा आफू सुरुदेखि नै कुनै पनि कार्यकारी पदमा नरहेकोको जानकारी दिँदै उनले ‘मार्क्सिस्ट स्कुल अफ प्राक्शिस’ अनुबन्धित रहने प्रतिबद्धता जनाएका छन् ।
‘मेरो हकमा म सुरुदेखि नै कुनै पनि कार्यकारी पदमा रहेको थिइन। हाल युवा तन्नेरीहरूको पहलमा निर्माणाधीन वैचारिक पाठशाला मार्क्सिस्ट स्कुल अफ प्राक्शिसमा अनुबन्धित रहने प्रतिबद्धता जाहेर गरिसकेकाले म यसै पाठशाला र यसका वरिपरिको काममा सीमित रहनेछु। प्रलोपामा रहँदा साथीहरूले गर्नुभएको न्यानो व्यवहारलाई सदा सम्झिरहनेछु’, कार्कीले लेखेका छन् ।
प्रकाशित मिति : २०८३ साउन २२ गते शुक्रवार






