डिएलए काठमाडौंको नवनिर्वाचित कार्यसमितिको पदभार हस्तान्तरण सम्पन्न



काठमाडौं, साउन १७ । नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) काठमाडौं जिल्ला कार्यसमितिको पाँचौँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदभार हस्तान्तरण कार्यक्रम आइतबार काठमाडौंस्थित क्वालिटी ब्याङ्क्वेटमा सम्पन्न भएको छ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शिवप्रसाद कंडेलसहित उपाध्यक्ष विष्णुप्रसाद अर्याल ‘रिभोल्ट’, सचिव भरतकुमार घिमिरे, कोषाध्यक्ष शशीकला मरहट्ठा तथा कार्यसमितिका सदस्यहरूले पदभार ग्रहण गरेका छन्।
नवनिर्वाचित सदस्यहरूमा शुषमा चौधरी (देव), इन्द्रकुमार श्रेष्ठ, सुरज उदास, पवन श्रेष्ठ, चिरञ्जीवी भण्डारी, रौनिकराज अर्याल, अजिता के.सी., रविना जोशी, एलिना महर्जन, शेखर पौडेल, कृतज्ञ ढकाल, हरिराज अधिकारी, लोमस न्यौपाने, रमेशजङ्ग कुँवर, नवन गौतम, प्रिया लामिछाने, पुष्प खड्का, दिपेन्द्र प्रकाश मल्ल, कविता निरौला, सन्तोष चौलागाईं, सुवास अधिकारी, करुणा कोर्मोचा, मिलन जोशी, सन्तोष अधिकारी, तेजविक्रम देवकोटा तथा मुकेश सेन्चुरी रहेका छन्।

पदभार हस्तान्तरण कार्यक्रममा सहभागी वक्ताहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै कानुन व्यवसायीहरूको पेशागत हकहितको संरक्षण, संगठनको सुदृढीकरण तथा लोकतान्त्रिक मूल्य–मान्यताको प्रवर्द्धनमा नयाँ नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।

नवनिर्वाचित अध्यक्ष कंडेलले सम्पूर्ण कानुन व्यवसायीलाई साथमा लिएर संगठनलाई अझ सशक्त, सक्रिय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

प्रकाशित मिति : २०८३ साउन १७ गते आइतवार