काठमाडौं । आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको उपचारमा समलग्न चिकित्सकले बताएका छन् । नेपालीको शरीरको करिब ६० प्रतिशत भाग जलेको र अवस्था अझै स्थिर हुन नसकेको वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालले बताए ।
उनका अनुसार नेपाली अहिले वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत छन् । चिकित्सकहरूले उनको अवस्थालाई ‘क्रिटिकल’ भन्दै कुनै पनि बेला थप जटिलता आउन सक्ने बताएका छन् । ‘प्रायः सबै सूचकले बिरामीको अवस्था राम्रो नरहेको देखाइरहेका छन्’, डा. दाहालले भने, ‘हामीले गर्नुपर्ने सबै उपचार गरिरहेका छौं । तर अहिलेको प्राथमिकता बिरामीलाई स्थिर बनाउनु हो ।’
प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रवार





