हेटौंडा । बागमती प्रदेश सरकारको बजेटलाई लिएर नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान गर्न पार्टीका महामन्त्री गुरुराज घिमिरे हेटौंडा पुगेका छन्।
उनले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र बजेटप्रति असन्तुष्ट बहादुरसिंह लामा पक्षका सांसदहरूसँग छलफल गर्ने कार्यक्रम छ। यसैबीच, कांग्रेस संसदीय दलको बैठक पनि बोलाइएको छ।
असन्तुष्ट सांसदहरूले बजेट असन्तुलित, वितरणमुखी र निर्देशिकाविपरीत भएको आरोप लगाएका छन्। विवादकै कारण उनीहरू प्रदेशसभाको बजेट छलफलमा सहभागी भएका थिएनन्।
मुख्यमन्त्री बानियाँ भने आजै प्रदेशसभाबाट बजेट पारित गर्ने तयारीमा छन्।
प्रकाशित मिति : २०८३ असार २० गते शनिवार







