काठमाडौं । रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन्। महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता मनिष झाले उम्मेदवारको प्रारम्भिक नाम सार्वजनिक भइसकेको बताए।
उम्मेदवारमाथि दाबी विरोधका लागि ५ बजेसम्मको लागि समय दिएको उनले बताए । ६ः३० बजेसम्ममा अन्तिम नामावली सार्वजनिक गरेर ७ः३० बाट मतदान सुरु गरिसक्ने बताए।
मतदान सुरु भएको ४ घण्टामा मतदान सकिने र सकिएको २ घण्टामा मतपरिणाम सार्वजनिक हुने बताए।
प्रकाशित मिति : २०८३ असार १० गते बुधवार






