नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको नेतृत्वमा गैरे



काठमाडौं। नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको सम्पन्न निर्वाचनबाट रामप्रसाद गैरे अध्यक्षमा निर्वाचित भएका छन्। प्रतिस्पर्धात्मक निर्वाचनमार्फत पदाधिकारी तथा सदस्यसहित १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो।

अध्यक्ष पदमा गैरेले १८६ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका निकटतम प्रतिद्वन्द्वी किशोरकुमार केसीले ९५ मत प्राप्त गरेका थिए।
प्रथम उपाध्यक्षमा सुवर्ण लामा १७६ मतसहित निर्वाचित भए भने शिवकुमार कार्कीले ९७ मत प्राप्त गरे। द्वितीय उपाध्यक्ष पदमा हर्कबहादुर लिम्बु १५३ मतसहित विजयी हुँदा विजयकुमार कार्की १२० मतमा सीमित भए। तृतीय उपाध्यक्षमा हिरादेवी बुढाथोकी १६८ मतसहित निर्वाचित भइन् भने सोमबहादुर तामाङले १०१ मत प्राप्त गरे।

महासचिवमा सुमनराज पाण्डे १६० मतसहित विजयी भए। उनका प्रतिस्पर्धी अभिनयमान सिंह बस्नेतले ११२ मत प्राप्त गरेका थिए। सचिव पदमा हिमा गुरुङ १४० मतसहित निर्वाचित हुँदा नारायण भुसालले १३३ मत पाए। सहसचिवमा जगतबहादुर गुरुङ १५३ मतसहित विजयी भए भने शिवप्रसाद चालिसेले १०८ मत प्राप्त गरे।

कोषाध्यक्षमा भीममाया कार्की (कल्पना) १४१ मतसहित निर्वाचित भइन्। राधा केसीले १२६ मत प्राप्त गरिन्। सहकोषाध्यक्ष पदमा कैलाश पाठक १८० मतसहित विजयी हुँदा दीपक खड्काले ९२ मत पाए।
सदस्य पदमा ओमप्रकाश शिवाकोटी, विष्णुप्रसाद सापकोटा, उर्मिला लामा, नवीन क्षेत्री पौडेल, मिलन पोखरेल, राजेश मैनाली, युवराज खतिवडा, विक्रम खतिवडा, पुण्यकुमार श्रेष्ठ र शेरबहादुर गुर्मछान निर्वाचित भएका छन्।

निर्वाचनपछि नवनिर्वाचित नेतृत्वले वैदेशिक रोजगार व्यवसायलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउँदै व्यवसायीहरूको हकहित संरक्षण, संस्थागत सुदृढीकरण तथा व्यवसायिक एकतालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ।

निर्वाचन परिणामले संस्थाभित्र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाएको भन्दै व्यवसायीहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका छन्।

प्रकाशित मिति : २०८३ असार ६ गते शनिवार