रास्वपा बागमती प्रदेशको नेतृत्वको लागि प्यानल बनाएर मैदानमा लामिछाने र अर्याल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको पहिलो अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। सभापतिमा डा. अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरीबहादुर खत्री उम्मेदवार भए पनि मुख्य प्रतिस्पर्धा लामिछाने र अर्यालबीच हुने बताइएको छ।

दुवै पक्षले अघोषित रूपमा आफ्ना प्यानल तयार गरेका छन्। लामिछाने पक्षबाट उपसभापतिमा सुरेन्द्र भट्ट, महामन्त्रीमा बदन भण्डारी र सहमहामन्त्रीमा डा. रमेश ढकाललाई अघि सारिएको छ। अर्याल पक्षबाट उपसभापतिमा राधिका तिमिल्सिना तथा महामन्त्रीमा मेनुका ठकुरीको तयारी रहेको बताइएको छ।

हेटौंडामा सुरु भएर रोकिएको अधिवेशनको मतदान आज काठमाडौंमा विद्युतीय प्रणालीमार्फत हुँदैछ। करिब १,३०० प्रतिनिधिले मतदान गर्नेछन्। पहिलो चरणमा सभापति र प्रदेश सदस्य तथा दोस्रो चरणमा अन्य पदाधिकारी चयन गरिने व्यवस्था छ। बागमती प्रदेश समिति ६५ सदस्यीय हुनेछ।

प्रकाशित मिति : २०८३ जेष्ठ ३० गते शनिवार