बकैयामा रास्वपाको पहिलो पालिका अधिवेशन हुँदै, प्रमुख अतिथिमा तोसिमा कार्की



मकवानपुरको बकैया गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो पालिका अधिवेशन जेठ १६ गते हात्तीसुँडेमा हुने भएको छ। कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पूर्व स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य प्रकाश गौतम विशिष्ट अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय गरिएको छ।

रास्वपाले गाउँस्तरसम्म संगठन विस्तार अभियानलाई तीव्र बनाइरहेका बेला बकैयामा हुन लागेको अधिवेशनलाई अर्थपूर्ण रूपमा हेरिएको छ। कार्यक्रममा पार्टी सदस्य, युवा, शुभेच्छुक तथा बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

स्थानीय तहमा नयाँ राजनीतिक ऊर्जा, संगठन सुदृढीकरण तथा वैकल्पिक राजनीतिक बहसलाई बल पुर्‍याउने उद्देश्यसहित अधिवेशनको तयारी भइरहेको रास्वपाले जनाएको छ।

प्रकाशित मिति : २०८३ जेष्ठ १४ गते बिहिवार