काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी जेठ १८ गतेदेखि भारतको भ्रमणमा जाने भएका छन् । लामिछानेको भारत भ्रमण निश्चित भएको रास्वपाका एक पदाधिकारीले पुष्टि गरेका छन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार जेठ १८ गते भारत गएर २० गते फर्कनेछन् । भ्रमणको आवश्यक कूटनीतिक तथा अन्य तयारी भइरहेको रास्वपाका ती नेताले बताए । फागुन २१ को निर्वाचनपछि प्रतिनिधिसभामा झन्डै दुई तिहाइको बहुमत प्राप्त गरेको रास्वपाका तर्फबाट पार्टी प्रमुखको हैसियतले हुन लागेको यो पहिलो विदेश भ्रमण हो ।
यसअघि भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई नै भ्रमणको निम्तो पठाएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालेनलाई बधाई सन्देश पठाउँदै भरतको भ्रमणको निम्तो पनि दिएका थिए । तर, प्रधानमन्त्री बालेनको हालसम्म भारत भ्रमण तय भएको छैन । उनी भारत भ्रमणामा जनुअगावै रास्वपा सभापति लामिछानेको भ्रमण हुनुलाई धेरैले चासोपूर्वक हेरिरहेका छन् ।





