राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरूका लागि तोकेको लेबी घटाएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले सचिवालयको निर्णय अनुमोदन गर्दै सांसदहरूको मासिक लेबी साढे १६ हजार रुपैयाँबाट घटाएर १५ हजार रुपैयाँ कायम गरेको हो ।
मन्त्रीहरूको १८ हजार रुपैयाँ लेबी भने यथावत राखिएको छ । मन्त्री र सांसदका स्वकीय सचिवहरूको लेबी पनि २ हजार रुपैयाँ नै कायम गरिएको पार्टीका प्रवक्ता मनिष झा ले जानकारी दिए ।
प्रकाशित मिति : २०८३ बैशाख ७ गते सोमवार





