नेपाल शिक्षक संघको २५औं संघीय प्रतिनिधिसभा काठमाडौंमा सुरु



५ वैशाख , काठमाडौं । नेपाल शिक्षक संघको २५औं संघीय प्रतिनिधिसभा काठमाडौंमा सुरु भएको छ । नेपाल शिक्षक महासंघका अध्यक्ष देवेन्द्रप्रसाद उपाध्ययको प्रमुख आतिथ्य र संघका अध्यक्ष सोमनाथ गिरीको अध्यक्षतामा शनिबार सम्पन्न समुद्घाटन कार्यक्रममा शिक्षकहरुको पेशागत हकहित, अधिकार र  पेशागत स्थायीत्वका एजेण्डाका विषयमा बृहत रुपमा छलफल भएको छ। सभा वैशाख ५ र ६ गते दुई दिनमा सम्पन्न हुनेछ।

नेपाली काङ्ग्रेस पार्टीको शुभेच्छुक संस्थाको रूपमा रहेको संघमा ७७ जिल्लाकै प्रतिनिधि सहभागी भएको यस सभाले शिक्षा र शिक्षकका मुद्दा, विगतमा भएका आन्दोलनका चरण, जटिलता, चुनौती र समस्या समाधानका उपाएको खोजी गर्दै शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने विषयमा घनिभुत रुपमा छलफल हुने अध्यक्ष सोमनाथ गिरीले जानकारी दिएका छन् ।  

शिक्षकहरुलाई यस्ता दलिय आस्थाको आधारमा संगठन निर्माण र राजनीतिक विचारको आधारमा गतिविधि गर्न रोक्ने नीति निर्माण गर्ने जनाएको जनताको झण्डै दुई तिहाई बहुमतको अहिलेको सरकारको उद्देश्य प्रति नेपाल शिक्षक संघको धारणालाई चासोका साथ हेरिएको छ।

प्रकाशित मिति : २०८३ बैशाख ६ गते आइतवार