तेह्रथुम सरोकार समाजद्वारा काठमाडौंमा नववर्ष २०८३ को शुभकामना आदान–प्रदान भव्य सम्पन्न, विकास र एकतामा जोड



५ वैशाख , काठमाडौं । तेह्रथुम सरोकार समाजको नयाँ वर्ष – २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। समाजका अध्यक्ष डिल्लीराम ढुंगेल को अध्यक्ष सम्पन्न सो समारोहमा तेह्रथुम जिल्लाका प्रतिनिधि सभाका सदस्यहरु , विशिष्ट व्यक्तित्वहरु र नागरिकहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा आगामी आर्थिक वर्षको बजेटमा तेह्रथुमका प्राथमिकताका विषयमा छलफल र अन्तर्किया गर्नुका साथै विभिन्न व्यक्तिहरुलाई सम्मान प्रदान गरिएको छ। समारोहमा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष एवं यस कार्यक्रमका संयोजक हरिपतिलाल श्रेष्ठले र उद्घोषण समाजका उपमहासचिव बिरेन्द्र कुरुवाङ्गले गरेका थिए।

समाजका अध्यक्ष दिल्लीराम ढुंगेलले समारोहमा उपस्थित सबैप्रति कृतज्ञता व्यक्त गर्दै जिल्लाको समग्र विकासको लागि एकजुट हुनुपर्नेमा जोड दिए। तेह्रथुम सरोकार समाजमा कुनै राजनीतिक आग्रह , पुर्वाग्रह नभई सामाजिक योगदानको मात्रै लेखाजोखा हुने उनले स्पष्ट पारे। नयाँ राजनीतिक परिवर्तन र फागुन २१ को निर्वाचनबाट बनेको सरकारले देशमा विकास र सुशासनको नयाँ आशा जगाएको अध्यक्ष ढुंगेलले अपेक्षा व्यक्त गरे।

तेह्रथुम सरोकार समाज तेह्रथुमबासीहरूबीच एकता कायम राख्ने, जिल्लाको सामाजिक-आर्थिक विकासमा योगदान दिने, र राजधानीमा समस्यामा परेका तेह्रथुमेहरूलाई सहयोग गर्ने उद्देश्यले स्थापित सामाजिक संस्था हो। वि. स. २०८१ साधारण सभाबाट डिल्लीराम ढुंगेलको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ।

आज आयोजित शुभकामना आदानप्रदान समारोहमा माननीय सन्तोष सुब्बा (प्रतिनिधि सभा सदस्य), माननीय विष्णुमाया बी.क. (प्रतिनिधि सभा सदस्य) , भानुभक्त ढकाल (पूर्व मन्त्री) , सिता गुरुङ (पूर्व मन्त्री) , भवानी खापुङ (पूर्व मन्त्री) , डा. विजय सुब्बा (पूर्व सांसद) , माननीय उर्मिला के.सी. (मन्त्री, युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेश) , दुर्गाप्रसाद चापागाईं (कोशी प्रदेश) , किशोरचन्द्र दुलाल (कोशी प्रदेश) , सामाजिक व्यक्तित्व होमकुमारी खापुङ , सामाजिक व्यक्तित्व ई. सुरेन्द्र कार्की , सामाजिक व्यक्तित्व हेमप्रसाद पाठक , मोहनकुमार डाँगी (प्रमुख सल्लाहकार, तेहथुम सरोकार समाज, नेपाल) , तोयानाथ भट्टराई (वरिष्ठ सल्लाहकार) , विजय सम्बाहाम्फे (वरिष्ठ सल्लाहकार) , चन्द्रकुबेर खापुङ (पूर्व प्रहरी महानिरीक्षक) , चन्द्रप्रकाश गौतम (पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक) , प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल , प्रा. डा. बालकृष्ण माबुहाङ, अविनारायण काफ्ले (प्रहरी नायब निरीक्षक तथा प्रवक्ता, नेपाल प्रहरी) र काठमाडौंमा बस्ने तेह्रथुमका नागरिकको उपस्थिति रहेको थियो । त्यस्तै , अर्जुन माबुहाङ (मेयर, लालीगुराँस नगरपालिका) , संजय तुम्बाहाम्फे (मेयर, म्याङलुङ नगरपालिका) , दिलकुमार पाहिम (अध्यक्ष, आठराई गाउँपालिका) , सन्तोष तिगेला (अध्यक्ष, छथर गाउँपालिका) , केशव भेटवाल (अध्यक्ष, फेदाप गाउँपालिका) , यादव खापुङ (अध्यक्ष, मेन्छयायेम गाउँपालिका) लगायतको उपस्थिति थियो।

प्रकाशित मिति : २०८३ बैशाख ५ गते शनिवार