निमावि तह, तृतीय श्रेणी, शिक्षक पदका लागि विज्ञापन खुला



शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाका विज्ञापन जारी गरेको छ । आयोगको चैत २३ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको निम्नमाध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति
गर्न विज्ञापन खुला गरेको हो ।

न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले २०८२ चैत २४ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त पेस गर्न सक्ने सूचनामा उल्लेख छ । उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np/ मार्फत सम्पूर्ण विवरण भरी दरखास्त दिन सक्ने आयागले जनाएको छ ।

विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट www.tsc.gov.np/ डाउनलोड/सूचना/ विज्ञापनबाट हेर्न सकिनेछ ।

प्रकाशित मिति : २०८२ चैत्र २४ गते मङ्गलवार