शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ



काठमाडौं । शंकर अग्रवाल पक्राउ परेका छन् । शंकर ग्रुपका अध्यक्ष अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो ले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो ।

अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग मा अनुसन्धान भइरहेको छ । विभागले अनुसन्धानकै क्रममा पक्राउ गरी उपस्थित गराइदिन ब्युरोलाई पत्र पठाएको थियो ।

प्रकाशित मिति : २०८२ चैत्र २० गते शुक्रवार