ललितपुर-३ मा नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठको चुनावी अभियान तीव्र



ललितपुर। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठ ले जनतामाझ आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्। “हरेक घरको भरोसा, हरेक वर्ग, समुदाय र पुस्ताको साथी र सारथि” भन्ने नारासहित उनी घरदैलो अभियान, भेटघाट तथा विभिन्न अन्तरक्रिया कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवादमा जुटिरहेका छन्।

समावेशी विकास, सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै उम्मेदवार श्रेष्ठले ललितपुर–३ का नागरिकको जीवनस्तर सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले जनताको भावना र आवश्यकतालाई केन्द्रमा राखेर काम गर्ने, जनउत्तरदायी प्रतिनिधिको भूमिका निर्वाह गर्ने विश्वास दिलाएका छन्।

नेपाली कांग्रेसले अघि सारेको “बदलियो कांग्रेस, बदल्छ देश” भन्ने मूल नाराअनुसार आगामी दिनमा कांग्रेस नेतृत्वमा स्थिर र सक्षम सरकार गठन भई देशलाई विकास र समृद्धिको दिशामा अघि बढाइने दाबी गरिएको छ। उम्मेदवार श्रेष्ठले लोकतान्त्रिक मूल्य, संविधानको संरक्षण तथा राष्ट्रिय हितलाई सर्वोपरी राखेर काम गर्ने बताएका छन्।

आगामी निर्वाचनमा नेपाली कांग्रेसको रुख चिन्ह मा मतदान गरी अत्यधिक मतका साथ विजयी गराउन उनले ललितपुर–३ का सम्पूर्ण मतदातालाई आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२ माघ २४ गते शुक्रवार