फेरि समातिए दुर्गा प्रसाईं



काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

उनी शुक्रबार काठमाडौंको दक्षिणकाली नगरपालिका–चाल्नाखेलबाट पक्राउ परेका हुन् । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको थियो । सोही आधारमा उनलाई नियन्त्रणमा लिइएको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिएका छन् ।

यसअघि पनि ५ माघमा प्रसाईं पोखराबाट पक्राउ परेका थिए । कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको भन्ने विवादित अभिव्यक्ति दिएपछि उनी त्यतिबेला पक्राउ परेका थिए ।

प्रकाशित मिति : २०८२ माघ २४ गते शुक्रवार