विशेष महाधिवेशन पक्षधर कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नजाने



काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर केन्द्रीय सदस्यहरूले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने निर्णय गरेका छन्।

आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा नजाने निर्णय गरिएको नेताहरूले बताएका छन्। विशेष महाधिवेशनको घोषणापछि पार्टीभित्र विवाद चर्किएको छ। संस्थापन पक्षले विशेष महाधिवेशनलाई अवैधानिक भनेको छ भने विशेष पक्षधरले नेतृत्व र नीतिको टुंगो लगाउने गरी अघि बढ्ने बताएका छन्।

यसैबीच, पार्टी विवाद समाधानका लागि आजै दुवै पक्षबीच वार्ता हुने बताइएको छ। तर, वार्ताको मिति र स्थान भने तय भएको छैन।

प्रकाशित मिति : २०८२ पुष २९ गते मङ्गलवार