पार्टी सभापतीले घेरा तोडेर कांग्रेस जोगाउनुस् : चन्द्र भण्डारी



कांग्रेस नेता चन्द्र भण्डारीले समाजमा आफूहरूले आशा जगाउन नसकेको र मुलुक बनाउने विश्वास दिलाउन नसकेको बताउँदै जेन–जी विद्रोहको पृष्ठभूमि त्यसैले बनेको बताएका छन्।

विशेष महाधिवेशनमा बोल्दै भण्डारीले आज नेतृत्वको मनस्थिती खलबलिएको भन्दै महाधिवेशन प्रतिनिधिहरूले उनीहरूलाई सचेत गराउँदै एउटै रुखमा अगाडि बढ्नुपर्ने बताए।

उनले कांग्रेस नेता कृष्णप्रसाद भट्टराइलाइ सम्झँदै भने, ‘गिरिजाप्रसाद र किसुनजीको विवादको बेला गिरिजाले बोलाएको भेलामा किसुनजी आएर साथीहरू जय नेपाल भन्दै हामीबीच कुनै विमति छैन भनेर समाधान गर्नुभयो। किसुनजीका चेला शेरबहादुर देउवालाई त्यही समय सम्झाउन चाहन्छु।’

प्रकाशित मिति : २०८२ पुष २७ गते आइतवार