नेपाली कांग्रेसका नेता एवं सांसद सुनिल शर्माले पार्टी नेतृत्वको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका छन् ।
भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले सभापति शेरबहादुर देउवालाई कार्यकर्ताको भावना बुझ्न नसकेको आरोप लगाएका हुन् ।
‘यो पूर्वदेखि पश्चिमसम्म, दार्चुलादेखि ताप्लेजुङसम्म, हुम्लाको सर्केगाडदेखि सोलुखुम्बुको गाउँबाट आएका प्रतिनिधिहरूको यो मासुम अनुहारले तपाईंहरूलाई गिज्याइरहेको छ कि छैन ?’ शर्माले प्रश्न गरे
प्रकाशित मिति : २०८२ पुष २७ गते आइतवार





