नेपाली कांग्रेस ललितपुर विशेष महाधिवेशनको पक्षमा



काठमाडौं । नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र कुमार श्रेष्ठले पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनमा जिल्लाका सबै महाधिवेशन प्रतिनिधिलाई अनिवार्य सहभागी हुन आग्रह गरेका छन्।

विधानअनुसार ५४ प्रतिशतभन्दा बढी प्रतिनिधिको मागमा विशेष महाधिवेशन आह्वान भएको उल्लेख गर्दै उनले महामन्त्रीद्वयलगायत केन्द्रीय नेतृत्वप्रति कृतज्ञता व्यक्त गरेका छन्।

विशेष महाधिवेशनमा ललितपुरबाट बाजागाजा र झाँकीसहित र्‍यालीसहित सहभागी हुने कार्यक्रम तय भएको पनि उनले जनाएका छन्।

प्रकाशित मिति : २०८२ पुष २४ गते बिहिवार