काठमाडौँ । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोका छोरा निकोलास मदुरो गुएराले आफ्ना बाबु-आमालाई कब्जा गर्ने अमेरिकी कदमको निन्दा गरेका छन् ।
‘यदी हामीले राष्ट्रप्रमुखको अपहरणलाई सामान्य ठान्यौं भने कुनै पनि देश सुरक्षित रहनेछैन,’ भेनेजुएलाका सांसद् समेत रहेका मदुरो गएराले भने,’ आज यो भेनेजुएलामा भयो । भोली कुनै पनि देशमा हुनसक्छ । यो क्षेत्रीय समस्या होइन । वैश्विक राजनीतिक स्थितरतामाथिको सीधा चुनौती हो ।’
उनले आफ्ना बाबु-आमाको रिहाईको माग गरेका छन् । त्यस्तै, आफ्नो विरुद्धमा दर्ता गरिएको अभियोगपत्रको पनि आलोचना गरेका छन् ।
प्रकाशित मिति : २०८२ पुष २२ गते मङ्गलवार





