दक्षिण कोरियाको श्रम मन्त्रालयले सन् २०२६ का लागि न्यूनतम ज्याला २.९ प्रतिशतले बढाउने निर्णय आजबाट कार्यान्वयन हुने भएको छ।
मन्त्रालयका अनुसार २०२६ को न्यूनतम प्रति घण्टा ज्याला १० हजार ३२० वोन (लगभग ७.४३ अमेरिकी डलर)तोकिएको छ, जुन हालको १० हजार ३० वोन (७.२२ डलर)भन्दा बढी हो। यो वृद्धिदर अघिल्लो वर्षको १.७ प्रतिशत वृद्धिदरको तुलनामा तीव्र छ। सन् १९८८ देखि लागू भएको न्यूनतम ज्याला प्रणालीअन्तर्गत यो दर बढाइएको हो।
चालिस घण्टे साप्ताहिक कामको आधारमा यो न्यूनतम ज्याला मासिक रूपमा लगभग एक ५५२ अमेरिकी डलर हुनेछ।
प्रकाशित मिति : २०८२ पुष १७ गते बिहिवार





