नेपाल पानी उद्योग महासङ्घ औपचारिक रूपमा दर्ता



काठमाडौँ । नेपालभर फैलिएका पानी उद्योगीहरूको साझा पहलस्वरूप नेपाल पानी उद्योग महासङ्घ औपचारिक रूपमा दर्ता भएको छ। महासङ्घ सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरिएको हो।
दर्तासँगै महासङ्घको अध्यक्षमा विक्रम लिम्बु चेमजोङ चयन भएका छन्। वरिष्ठ उपाध्यक्षको जिम्मेवारी भरत बुढाथोकीलाई दिइएको छ भने उपाध्यक्षहरूमा बिन्द्र मोहन अधिकारी, पुरुषोत्तम पाण्डे, रुपचन्द्र नौलखा, सवि कार्की, भुवन लोहनी, साहिल साह, टेकेन्द्र सिंह कुन्जेडा र कृष्णप्रसाद आचार्य रहेका छन्।

यसैगरी, महासङ्घको महासचिवमा ध्रुवप्रसाद अधिकारी, उपमहासचिवमा रोसा श्रेष्ठ र कोषाध्यक्षमा देव नारायण चौलागाईं चयन भएका छन्। सदस्यहरूमा सहदेब बोलखे, विष्णु हमाल, पदम राउत, शौरभ मारु, नारायण गिरी, रक्की लामा, आशिष चौधरी, मनिष महासेठ, राम सुवाल र जितेन्द्र दाहाल रहेका छन्।

महासचिव ध्रुवप्रसाद अधिकारीका अनुसार नेपालभरका पानी उद्योगीहरूको लामो समयदेखिको साझा सपना सातै प्रदेशका उद्योगीहरूको प्रतिनिधिमूलक सहभागितामार्फत साकार भएको हो। उनले महासङ्घ दर्ता प्रक्रियामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समर्थन र योगदान गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

महासचिव अधिकारीले पानी उद्योगीहरूले भोग्दै आएका नीतिगत तथा व्यवहारिक समस्याको समाधानका लागि महासङ्घ पूर्ण रूपमा प्रतिबद्ध रहने समेत स्पष्ट पारे।

प्रकाशित मिति : २०८२ असार १२ गते बिहिवार