काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका ३८७ जना आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ।
पार्टीका अनुसार ४१४ जनाले आवेदन दिएका थिए, जसमध्ये २७ जनाको नाम सूचीमा समावेश छैन। सूचीमा नपरेकाहरूलाई भर्चुअल माध्यमबाट छनोट प्रक्रियामा सहभागी गराइने जनाइएको छ।
समानुपातिकतर्फ आवेदन शुल्क प्रतिव्यक्ति ५० हजार तोकिएकाले रास्वपाले कुल २ करोड ७ लाख रुपैयाँ संकलन गरेको छ।
प्रकाशित मिति : २०८२ पुष ११ गते शुक्रवार





