रवि–बालेन ‘एउटै गाडी’मा, वैकल्पिक शक्तिहरू एकै ठाउँ ल्याउने सहमति



काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच सहकार्य गर्ने सहमति भएको छ । सोमबार बिहान र साँझ गरी दुई चरणमा करिब ६ घण्टा चलेको छलफलपछि निर्वाचनअघि सबै वैकल्पिक शक्तिहरूलाई एकै ठाउँ ल्याउने निष्कर्षमा उनीहरू पुगेका हुन् ।

रास्वपा नेता असिम शाहको कमलपोखरीस्थित कार्यालयमा भएको वार्तामा सहकार्यको ढाँचा, शक्ति बाँडफाँट र भावी रणनीतिबारे छलफल भयो । वार्तापछि रवि–बालेनलाई एउटै गाडीमा बिदा गरिएको थियो । असिम शाहले फेसबुकमा लेखेका छन्, “रवि र बालेन—दुई दाजु–भाइको मिलन, देशले खोजेको आशाको मिलन हो ।”

नेताहरूका अनुसार वैकल्पिक शक्तिहरूको एकताका लागि थप संवाद जारी रहनेछ ।

प्रकाशित मिति : २०८२ पुष ८ गते मङ्गलवार