लाजिम्पाटमा ‘नियो स्टोर’को प्रिमियम शोरुम आज उद्घाटन
काठमाडौं। प्रविधि तथा ग्याजेट बजारमा नयाँ अनुभव प्रदान गर्ने उद्देश्यका साथ ‘नियो स्टोर’ले काठमाडौंको लाजिम्पाटमा आफ्नो प्रिमियम शोरुम आज औपचारिक रूपमा उद्घाटन गरेको छ।
आइतबार बिहान आयोजित उद्घाटन समारोहमार्फत शोरुम सञ्चालनमा आएको हो। आधुनिक डिजाइन, फराकिलो लेआउट र प्रिमियम वातावरणमा निर्माण गरिएको नियो स्टोरले प्रविधि र मनोरञ्जनलाई एकै स्थानमा अनुभव गर्न सकिने व्यवस्था गरेको जनाएको छ।
नियो स्टोरमा अत्याधुनिक कन्सोलसहितका इन्टरएक्टिभ गेमिङ स्टेशन, ठूलो स्क्रिनसहितको गेमिङ तथा मनोरञ्जन क्षेत्र, प्रत्यक्ष डेमो र ‘वाक–इन’ गेमिङ अनुभव उपलब्ध छन्। शोरुम विशेषगरी गेमर, कन्टेन्ट क्रिएटर तथा प्रविधिमा रुचि राख्ने उपभोक्तालाई लक्षित गरिएको छ।
शोरुम उद्घाटनको अवसरमा नियो स्टोरले सीमित अवधिका लागि विशेष छुट तथा उपहार योजना सार्वजनिक गरेको छ। ASUS, HiFuture, Black Shark, Fantech, Belkin, Logitech, Baseus, Imilab लगायतका अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादनहरूमा आकर्षक अफर उपलब्ध गराइएको छ। पहिलो १० जना ग्राहकलाई विशेष गिभअवे तथा पहिलो १०० ग्राहकलाई विभिन्न उत्पादनमा छुटको व्यवस्था गरिएको छ।
यसै अवसरमा नियो स्टोरले आफ्नै इन–हाउस ब्रान्ड ‘neOne’ अन्तर्गत नयाँ अडियो उत्पादनहरू चाँडै सार्वजनिक गर्ने जानकारी पनि दिएको छ। प्रारम्भिक चरणमा इयरबड्स र हेडफोन बजारमा ल्याइने तयारी भइरहेको छ।
लाजिम्पाटस्थित त्रिसारा रेस्टुरेन्टको ठीक अगाडि रहेको नियो स्टोरले नेपालको प्रविधि खुद्रा बजारमा नयाँ अध्याय थप्ने विश्वास लिएको छ।





