एमालेको ११ औं महाधिवेशनमा उपाध्यक्षका उम्मेदवार पृथ्वीसुब्बा गुरूङले सर्वाधिक मत ल्याएका छन्। बिहान १० बजेदेखि सुरू भएको मतगणनाको अन्तिम नतिजा सार्वजनिक हुँदा गुरूङले उपाध्यक्षमा प्राप्त गरेको १७३७ मत सर्वाधिक बनेको हो।
उपाध्यक्ष पदमै विष्णु पौडैलले १६७५ मत, रामबहादुर थापा बादलले १५१६ मत, गोकर्ण विष्टले १३६८ मत र रघुजी पन्तले १२५८ मत प्राप्त गरे। अध्यक्ष निर्वाचित केपी ओलीले १६६३ मत पाएका छन्।
प्रकाशित मिति : २०८२ पुष ३ गते बिहिवार





